गृहपृष्ठ गुजरातको एक व्यवसायिक भवनमा भीषण आगलागी हुँदा २० को मृत्यु

गुजरातको एक व्यवसायिक भवनमा भीषण आगलागी हुँदा २० को मृत्यु

भारतको गुजरातमा आगलागी हुँदा १५ बालबालिकासहित २० जनाको ज्यान गएको छ । सुरतस्थित एक व्यावसायिक भवनमा आगो लाग्दा उनीहरुको मृत्यु भएको हो ।

गुजरातका अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले २० जनाको जलेर मृत्यु भएको पुष्टि गरेको छ । शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको सो भवनमा आगलागी भएको थियो । ज्यान बचाउन भवनको तेस्रो तथा चौथौ तलाबाट हाम फाल्ने क्रममा उनीहरुको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

तक्षशिला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । भारतीय अधिकारीका अनुसार घटनास्थलमा दमकल विभागका १९ वाहनले आगो नियन्त्रणमा लिएका थिए ।

घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पनि घटनाप्रति शोक जनाउँदै सरकारले मृतकका परिवारका लागि जनही ४ लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु