गृहपृष्ठ सिरहा र सर्लाहीमा नेपाल बंगलादेश बैंकको शाखा स्थापना

सिरहा र सर्लाहीमा नेपाल बंगलादेश बैंकको शाखा स्थापना

nepal-bangladesh-bank-newskarobar

नेपाल बंगलादेश बैंकले सिरहा र सर्लाहीमा दुईवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जेठ ७ गतेदेखि सिराहाको मिर्चैया र सर्लाही जिल्लाको मलंगवामा शाखा कार्यालय स्थापना गरेको हो ।

दुवै शाखाको उद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारी तथा बैंकका सञ्चालक इन्द्रबहादुर थापाले गरे । दुवै शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । देशभर नेपाल बंगलादेश बैंकका ८८ शाखा, ७ एक्सटेन्सन काउन्टर र २ शाखारहित घरदैलो बैंकिङ सेवा उपलब्ध छ ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु