गृहपृष्ठ चेतावनीको भाषामा अमेरिकालाई चीनले भन्यो- असमान व्यवहार धेरै भयो
चेतावनीको भाषामा अमेरिकालाई चीनले भन्यो- असमान व्यवहार धेरै भयो
व्यापार युद्धले दुई देशलाई मात्र नभएर संसारलाई नै हानी पु-याउने भन्दै चीनले अमेरिकालाई वार्ताको प्रस्ताव गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयले श्वेतपत्र जारी गर्दै वार्ताका लागि प्रस्ताव गरेको हो । तर, वार्ता बराबरी जितको हैसियतमा र विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्ने चीनको सर्त छ ।
अमेरिकाले व्यापार युद्ध नरोके चुनौतीलाई अवसरमा बदल्दै इतिहासमै नयाँ अध्याय स्थापित गर्न प्रतिबद्ध रहेको चीनले जनाएको छ । श्वेतपत्रम भनिएको छ, ‘त्यसका लागि चीन जस्तोसुकै कदम चाल्न पनि पछि पर्ने छैन ।’
चीन-अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा जारी गरिएको श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प प्रशासनले मुख्य व्यापारिक साझेदारमाथि असमान व्यवहार गरेको धम्कीमार्फत उत्तेजना फैलाएको उल्लेख छ । अमेरिकी प्रशासनले ‘अमेरिका फर्स्ट’ भन्ने नारा अघि सार्दै एकपक्षीय रुपमा संरक्षणवादलाई प्रवर्द्धन गरेको चीनको आरोप छ ।
खासगरी हुवावे काण्डपछि अमेरिका र चीनबीचको व्यापार युद्ध तातेको हो । सूचना प्रविधिमा चीनको अग्रणी कम्पनी हुवावेले आफ्ना उत्पादनलाई जासुसी गर्न उपयोग गरेको आरोप अमेरिकाले लगाएपछि दुई देशबीच थप सम्बन्ध चिसिएको छ ।
प्रकाशित समय १०:४३ बजे

















