गृहपृष्ठ पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

flag-of-america-newskarobar

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरूको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निष्कर्षमा हरेक रात पर्याप्त सुत्न सबैलाई सुझाव दिइएको छ ।

निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरूमध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुण्ठा, २५ प्रतिशतमा महत्वाकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरूको भनाइ छ ।

अनिद्राकै कारण कति धेरै समस्या सिर्जना हुँदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्ने गरी देखाएको उनीहरूको भनाइ छ । अध्ययनको नेतृत्व गर्नु भएका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरूमा यसले बढी प्रभावित पारेको बताए ।

उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उनले अध्ययनमा १ लाख १० हजार ४ सय ९६ जना सहभागी भएको जानकारी दिए । (रासस)

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु