गृहपृष्ठ डा. गोविन्द केसीलाई अघि सारेर माइतिघरमा प्रदर्शन

डा. गोविन्द केसीलाई अघि सारेर माइतिघरमा प्रदर्शन

gobindakc-maitighar-newskarobar

सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको भन्दै प्रा. डा. गोविन्द केसीलाई अघि सारेर सडक आन्दोलन सुरु गरिएको छ । प्रेस स्वतन्त्रता र लोकतन्त्रविरुद्ध सरकार लागेको भन्दै नागरिक समाजका प्रतिनिधिले डा. केसीलाई अघि सारेर शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै फिर्ता गर्न माग गरे । ‘लोकतन्त्रका लागि नागरिक खबरदारी’ नाम दिइएको विरोध प्रदर्शनमा प्रा. डा. केसीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, विवेकशील नेपाली दलका उज्जल थापालगायतको सहभागिता थियो ।

विरोध प्रदर्शनका सहभागीले नागरिक स्वतन्त्रताको सम्मान गर, सुशासनको प्रत्याभूति गर, मानव अधिकार आयोगमाथिको हस्तक्षेप बन्द गरलगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु