गृहपृष्ठ पश्चिम बंगालमा भाजपा र कंग्रेस कार्यकर्ताबीच झडप, ४ को मृत्यु
पश्चिम बंगालमा भाजपा र कंग्रेस कार्यकर्ताबीच झडप, ४ को मृत्यु
भारतमा शनिबार भएको राजनीतिक हिंसामा परी चार जनाले ज्यान गुमाएका छन् ।
पश्चिम बंगालको बासिरहातमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताबीच केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीका कार्यकर्ताबीच शनिबार साँझ झडप भएको हो ।
पार्टीका झन्डा हटाउने विषयले विवादको रुप लिएपछि प्रहरी चौकीमै दुई पार्टीका कार्यकर्ताबीच द्वन्द्व सुरु भएको बताइएको छ । हिंसामा तृणमूलले आफ्ना एक जना र भाजपाले तीन जना कार्यकर्ताको मृत्यु भएको पुष्टि गरेका छन् ।
दुबै पार्टीले एकअर्का दोषी रहेको आरोप लगाएका छन् ।
प्रकाशित समय ०९:४९ बजे

















