गृहपृष्ठ पूर्वी नवलपरासीमा हुरीको वितण्डा, ४० घरमा क्षति, ४५ बाख्रा मरे
पूर्वी नवलपरासीमा हुरीको वितण्डा, ४० घरमा क्षति, ४५ बाख्रा मरे
फाइल तस्बिर
पूर्वीनवलपरासीको पहाडी गाउँपालिका बुलिगंटार–४ चुलीबोझामा हावाहुरीले क्षति पुर्याएको छ ।
आइतबार साँझ आएको हुरीले चुलीबोझाका १०, ठूलो अर्खलामा पाँच घर र अन्य ठाउँका २५ घर गरी जम्मा ४० घरमा क्षति पुर्याएको छ । हुरीले मकैलगायतका बालीनालीमा ठूलो क्षति पुर्याएको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताए ।
यस्तै, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:५६ बजे

















