गृहपृष्ठ मेक्सिकोमा फेरि पत्रकारको हत्या

मेक्सिकोमा फेरि पत्रकारको हत्या

मेक्सिकोको दक्षिण पश्चिममा मंगलबार एक पत्रकारको हत्या भएको छ ।

टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्कोस्थित अन्य सञ्चार माध्यममा पनि काम गरिसकेकी थिइन् । मेक्सिकोमा यो वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।सन् २००० यता मेक्सिकोमा करिब १०० पत्रकारको हत्या भइसकेको छ ।

लागूपदार्थका तस्कर र भ्रष्टाचारीहरुले पत्रकारलाई निशाना बनाउँदै आएका छन् ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु