गृहपृष्ठ धनुषाधाम नगरपालिकाको कार्यालयमा विस्फोट

धनुषाधाम नगरपालिकाको कार्यालयमा विस्फोट

धनुषाको धार्मिक नगरी धनुषाधाम नगरपालिकाको कार्यालयमा विस्फोट भएको छ ।
धनुषाधाम– ३ स्थित रहेको नगर कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटले सभाहलको २० इन्चको पर्खाल भत्किएको छ । गएराति साढे ९ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । नगरपालिकाको छेउमै इलाका प्रहरी कार्यालय धनुषाधामको कार्यालय छ । विस्फोटस्थल र प्रहरी कार्यालयको दूरी १०० मिटर मात्रै रहेको भए पनि प्रहरीलाई छल्दै बम बिस्फोट गराइएको हो ।

बम कसले र किन विस्फोट गराएको हो भन्ने विषयमा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरण यादणले जानकारी दिए ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु