गृहपृष्ठ इजरायली प्रधानमन्त्रीकी पत्नीले गरिन् राज्यकोषको दुरुपयोग
इजरायली प्रधानमन्त्रीकी पत्नीले गरिन् राज्यकोषको दुरुपयोग
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकी पत्नी सारा नेतन्याहूलाई राज्यकोषको दुरुपयोग गरेको आरोप लागेको छ ।
साराले प्रधानमन्त्री निवासमा भान्से नभएको झुठ बोलेर रेष्टुरेन्टबाट महंगो खाना ल्याएर खाने गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । उनलाई करिब १ लाख डलर रकम राज्यकोषबाट दुरूपयोग गरेको अभियोग लागेको थियो ।
आइतबार जेरूसेलमको एक अदालतले सारालाई १५ हजार डलर जरिवाना तिराएको छ । जरिवाना कम भए पनि उनी अब उनको नाम आपराधिक रेकर्डमा रहनेछ ।
प्रकाशित समय १०:५३ बजे

















