गृहपृष्ठ कंगोमा इबोलाबाट १५ सयको मृत्यु
कंगोमा इबोलाबाट १५ सयको मृत्यु
File Photo
कंगोमा इबोला रोगबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । इबोलाका कारण करिब १० महिनामा १ हजार ५०६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इबोलाबाट २ हजार २३९ जना बिरामी अस्पतालमा उपचाररत छन् । इबोला भाइरसले युगान्डालगायतका छिमेकी देशबाट आएकाहरु पनि प्रभावित भएको समाचारमा जनाइएको छ ।
इबोला नियन्त्रण गर्न एक लाख ४१ हजारलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनीहरूका अनुसार कंगोको इतुरी र किभु प्रान्तमा इबोलाको प्रभाव बढी देखिएको छ ।
इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसाबलगायत शरीरबाट हुने अन्य तरल पदार्थको आदानप्रदानबाट यो रोग अर्को व्यक्तिमा सर्ने चिकित्सकहरुले बताएका छन् । कंगोबाहेक लाइबेरिया, गुइनेया र सेरालोनमा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।
प्रकाशित समय ०९:२३ बजे

















