गृहपृष्ठ भारतबाट लागुऔषध भित्र्याउन खोज्ने तीन युवा पक्राउ

भारतबाट लागुऔषध भित्र्याउन खोज्ने तीन युवा पक्राउ

lagu-aausadh-newskarobar फाइल तस्बिर

महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

गए राति करिब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट ज. ७ प ७५६ र ज. ४ प ६१०१ नम्बरका दुई मोटरसाइकलमा लागुऔषध बोकी महोत्तरीको सम्सी गाउँपालिका–४ स्थित सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले शंका लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट ट्याब्लेट ३० थान, एक्सपाम ट्याब्लेट ५२ थान र डाइजेपाम झोल १०० एमएलको २ बोतल बरामद गरेको हो । लागुऔषधसहित प्रक्राउ परेका तीन युवकलाई गए राति नै प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु