गृहपृष्ठ क्यानडाबाट आयत हुने सुगुरको मासुमा चीनको रोक
क्यानडाबाट आयत हुने सुगुरको मासुमा चीनको रोक
चीनले क्यानडाबाट भित्रिने सुँगुरको मासुमा रोक लगाएको छ ।
क्यानडाबाट चीन आएको सुँगुरको मासुमा लगाइएको १ सय ८८ वटा स्वास्थ्य प्रमाणपत्र फर्जी पाइएपछि चीनले रोक लगाएको हो । दुई देशबीच पछिल्लो समय तनाव बढ्दै गएको छ । चिनियाँ अधिकारीहरुले स्वास्थ्य प्रतिकुल हुने खालको ब्याचको सुँगुरको मासु आएपछि केही परिमाणमा मात्र रोक लगाएको बताएका छन् ।
चीनले एसियामा बिक्री गरिने सामानको अवस्थाका बारेमा प्रभावकारी कदम चाल्न क्यानडालाई सचेत गराएको छ ।
प्रकाशित समय ११:३० बजे

















