गृहपृष्ठ फ्रान्सको तापक्रम मापनमा नयाँ रेकर्ड

फ्रान्सको तापक्रम मापनमा नयाँ रेकर्ड

फ्रान्समा पहिलो पटक ४५ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

१ सय १३.६ डिग्री फरेनहाइट तापक्रम फ्रान्समा नयाँ रेकर्ड हो । दक्षिणी गाउँ गलार्गेस ले मोन्टेक्समा तापक्रम मापन गरिएको बताइएको छ । यसअघि सन् २००३ फ्रन्समा ४४ दशमलव १ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

लामो समयसम्म वर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रम वृद्धि भएको हो । स्वास्थ्यमन्त्री एग्नेस बुजिनले बढ्दो तापमानका कारण फ्रान्सेली जनता खतरामा रहेको चेतावनी दिएका छन् ।

तापक्रम बढेका कारण अधिकांश विद्यालयमा बिदा दिइएको छ । फ्रान्स पुगेका पर्यटक गर्मीको चर्को मारमा परेका छन् ।

प्रकाशित समय ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु