गृहपृष्ठ सुदूरपश्चिमका प्रमुख सहरमा सिसी टिभी जोडिने

सुदूरपश्चिमका प्रमुख सहरमा सिसी टिभी जोडिने

cc-camera-newskarobar

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिमका सबै प्रमुख शहरमा सिसी टिभी क्यामेरा जडान गर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले शुक्रबार कञ्चनपुरको झलारी बजारमा आयोजना गरेको ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकार सडक सभ्यता एवं शहरी दुर्घटना न्यूनीकरणका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताए ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ट्राफिक सचेतना र सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार आवश्यक सहकार्य गर्न तत्पर रहेको बताए । ‘बढ्दो दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरमा पहल गर्न ट्राफिक प्रहरीसित समन्वय गरेर अघि बढ्छौँ,’ उनले भने । (रासस)

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु