गृहपृष्ठ हिमपातका कारण चीनमा दश जनाको मृत्यु

हिमपातका कारण चीनमा दश जनाको मृत्यु

पुस, २१-  चीनमा मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।  जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ ।
भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।  झण्डै दुई सय जना विस्थापित भएका छन् भने एक सय जना भन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार झण्डै दुई सय घर ध्वस्त भएको र अरु चार सय घरमा क्षति पुगेको छ । खराब मौसमले झण्डै १३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेको छ । त्यसमध्ये नौ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।
रासस

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु