गृहपृष्ठ पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने
पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने
पुस, २१- अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा बजेट रोक्न जानकारी दिए ।पाकिस्तानले इस्लामिक अतिवादी विरुद्धका कारबाही नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाले भने अरबौँ डलरको सहयोग लिए पनि आतङ्कवादीलाई कारबाहीको सट्टा शरण दिएको आरोप लगाएका थिए ।
राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानको सो सहयोग रोक्ने बारेमा विशेष चर्चा सुरु भएको थियो । उता पाकिस्तानले भने इस्लामिक अतिवादीहरुका विरुद्धमा आफूले कारबाही जारी नै राखेको र ती सञ्जालहरूसँगको लडाईंमा देशले ठूलो क्षति ब्यहोरिहेको दाबी गर्ने गरेको छ ।
पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा रहेका अफगान तालिबान र उसका सहयोगीहरूलाई अफगानिस्तानमा हमला नरोकेको गुनासो अमेरिकाले गरेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।
प्रकाशित समय १३:३५ बजे