गृहपृष्ठ यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दुई विमानस्थलमा आक्रमण गरेको छ ।

दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन)बाट आक्रमण भएको हो । विद्रोहीहरुले जिजानकोे जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम खसालेको दावी गरेका छन् । ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलको ह्यांगरमा क्षति पुगेको विद्रोहीको दावी छ ।

विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले विज्ञप्ति जारी गर्दै ड्रोनमार्फत बम खसालेको पुष्टि गरेका छन् । विद्रोही हुथी समूहले पछिल्लो समय साउदी अरेबियाका क्षेत्रीय विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण तीब्र बनाएका छन् । साउदी अरेबियाले भने सो घटनाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

गत हप्ता हुथी विद्रोही समूहको आक्रमणमबाट आभा विमानस्थलमा एक सिरियाली नागरिकको मृत्यु् भएको साउदी समाचार संस्थाले जनाएको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु