गृहपृष्ठ टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
फाइल तस्बिर
आईसीसी टी–२० विश्वकप एसिया फाइनल्स–२०१९ का लागि नेपाली टिमको टुंगो लागेको छ ।
पारस खड्काको कप्तानीमा १४ सदस्यीय टिम घोषणा भएको हो । टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, अभिनाष बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहीतकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी पनि टिममा छन् । वैकल्पिकमा जितेन्द्रकुमार मुखिया, कुशल भुर्तेल, सुशन भारी, मोहम्मद आरिफ शेख रहनेछन् ।
प्रतियोगिता जुलाई २०–२८ सम्म सिंगापुरमा हुनेछ । नेपाली टोलीले जुलाई १३ र १४ मा मलेसियासँग दुईवटा टी–२० खेल पनि खेल्ने तय भएको छ ।
प्रकाशित समय १६:०३ बजे

















