गृहपृष्ठ झरीले मुम्बईमा २२ जनाको मृत्यु

झरीले मुम्बईमा २२ जनाको मृत्यु

झरीले पर्खाल भत्कँदा मंगलबार मुम्बईमा १९ जनाको मृत्यु भएको छ । मुम्बई र यसको वरिपरिका भीषणा वर्षा भइरहेको छ । पर्खाल भत्कँदा धेरै मानिस घाइते पनि भएका छन् ।

भारतको मौसम विभागले मंगलबार अतिआवश्यक काममा मात्र घरबाहिर निस्कन सुझाव दिएको छ । मुम्बई,  नवी मुम्बई, ठाणे र कोंकण क्षेत्रका सरकारी र निजी सबै विद्यालयमा छुट्टी दिइएको छ ।

पुणेको अम्बेगाउँ स्थित एक कलेजको पर्खाल भत्केर छजनाको ज्यान गयो भने कयौं घाइते भएका छन् । पूर्वी मलाडमा पर्खाल भत्केर फुसके घरमा पर्दा १३ जनाको ज्यान गएके छ । मुम्बईस्थित कल्याण स्कुलको पर्खाल भत्केर तीनजनाके मृत्यु भएके छ ।

मुख्यमन्त्री देवेन्द्र फणनविसले मलाडको घटनामा दुख व्यक्त गर्दै मृतकका परिवारजन प्रति संवेदना प्रकट गर्दै मृतकका परिवारजनलाई ५ लाख आर्थिक मद्दत गर्ने घोषणा गरे ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु