गृहपृष्ठ वाचाअनुसार न्यूनतम तलब वृद्धि गर्न नसकेकोमा दक्षिण कोरियाका राष्ट्रपतिद्वारा क्षमायाचना

वाचाअनुसार न्यूनतम तलब वृद्धि गर्न नसकेकोमा दक्षिण कोरियाका राष्ट्रपतिद्वारा क्षमायाचना

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनले आफ्नो कार्यकाल भरमा न्यूनतम पारिश्रमिक प्रतिघन्टा १० हजार वन पुर्याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेकोमा क्षमायाचना गरेका छन् ।

मुनले आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन् । नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत मुनले सन्देश जारी गरेका थिए । राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भने, ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरेअनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सकिन ।’

दक्षिण कोरियाले श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को वर्षदेखि लागू हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघन्टा ८ हजार ५ सय ९० वन कायम हुनेछ ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु