गृहपृष्ठ कुलेखानीको जलाशयमा क्षमताभन्दा बढी पानी, सतर्क रहन आग्रह

कुलेखानीको जलाशयमा क्षमताभन्दा बढी पानी, सतर्क रहन आग्रह

तस्बिर : रासस

लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशयको भरिन लागेको छ ।

सोमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ मिटर पुगेको छ । आइतबार राति मात्र ५ मिटर पानीको सहत बढेको बताइएको छ । जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । भूकम्पले ड्याम चर्किएका कारण क्षमताअनुसारको पानी संकलन गर्दा जोखिम हुनसक्छ ।

विद्युत प्राधिकरणले सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारी गरेको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु