गृहपृष्ठ बाढीबाट बंगलादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित
बाढीबाट बंगलादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित
बंगलादेशमा आएको बाढी पहिरोमा परी २० जनाको मृत्यु भएको छ । बंगलादेशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र पाँच लाख जनता प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हजारौँ परिवार विस्थापित भएका छन् ।
प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख प्रभावित भएको र १८ जिल्लामा बाढी गएको जानकारी दिएका छन् । अत्यधिक वर्षा र सिमाना जोडिएको भारतको पहाडी क्षेत्रबाट आएको पानी संकलन भएपछि बाढीको रूप लिएको हो ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोली खटाइएको छ । बाढी प्रभावित हजारौं परिवारलाई विभिन्न शिविरमा राखिएको छ । कतिपयलाई अस्थायी रूपमा खुला र सुक्खा ठाउँमा लगिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा पर्ने सिल्हेट, सुनाम्गन्ज र मौल्भीबजार र दक्षिणीपूर्वी क्षेत्रमा पर्ने छट्टोग्राम, रङ्गमती र कक्स बजार बढी प्रभावित भएका छन् ।
बाढीले भवन, बाटोलगायत धेरै भौतिक संरचनामा क्षति पु-याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री शेख हसिनाले बाढी प्रभावितको उद्धार तथा आवश्यक सम्पूर्ण सहयोगका लागि निर्देशन दिएकी छन् ।
प्रकाशित समय ०७:२८ बजे

















