गृहपृष्ठ अमेरिकाले मेक्सिको सीमाबाट आउने आप्रवासीलाई शरण नदिने

अमेरिकाले मेक्सिको सीमाबाट आउने आप्रवासीलाई शरण नदिने

America-newskarobar

अमेरिकाले मेक्सिको सीमा पार गरेर आउने कागजातविहीन आप्रवासीलाई शरण नदिने भएको छ । ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रवासीलाई दिइँदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको हो ।

कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्ने निवेदनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी ट्रम्प प्रशासनले उक्त कदम चालेको हो । ‘संयुक्त राज्य अमेरिका एक उदार मुलुक हो तर दक्षिणको बाटो अमेरिका प्रवेश गर्ने सयौँ हजार आप्रवासीका कारण अनावश्यक दुःख तथा झन्झटको सामना गर्नुपरेको महसुस भएको छ,’ अमेरिकी महान्यायाधिवक्ता बिल बारद्वारा जारी वक्तव्यमा भनिएको छ । (एजेन्सी)

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु