गृहपृष्ठ प्रियंका भन्छिन्- जेल जान तयार छु
प्रियंका भन्छिन्- जेल जान तयार छु
भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले जेल जान तयार रहेको बताएकी छन् । जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरूका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।
‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’ उनले ट्विटरमा लेखेकी छन्, ‘म जमानत कुनै हालतमा पनि तिर्दिन ।’ आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियंकाको भनाइ छ । (एजेन्सी)
प्रकाशित समय ०७:१६ बजे

















