गृहपृष्ठ चौकुने र गुराँसमा प्राविधिक कृषि क्याम्पस
चौकुने र गुराँसमा प्राविधिक कृषि क्याम्पस
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको काठमाडौंमा बसेको प्राज्ञिक परिषद्को बैठकले चौकुने कृषि क्याम्पस र गुराँस क्याम्पस दैलेखलाई प्राविधिक कृषि क्याम्पसको रुपमा स्वीकृति दिने भएको छ । शनिबार बसेको बैठकले प्राविधिक क्याम्पसको स्वीकृति दिने निर्णय गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक विष्णुकुमार खड्काले जानकारी दिए ।
बैठकमा प्राज्ञिक पाठ्यक्रमदेखि नयाँ शैक्षिक कार्यक्रमका विषयमा समेत छलफल भएको छ । आइतबार ११ बजे बालुवाटारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बस्ने खड्काले जानकारी दिए । सिनेटमा विशेषगरी शैक्षिक बजेटको विषयमा छलफल हुनेछ । नियमावलीको संशोधनलगायतका एजेन्डामा पनि छलफल हुने उपप्रध्यापक खड्काले जानकारी दिए ।
प्रकाशित समय ०७:०६ बजे
















