गृहपृष्ठ गर्मीका कारण अमेरिकामा ६ जनाको मृत्यु
गर्मीका कारण अमेरिकामा ६ जनाको मृत्यु
अमेरिकामा गर्मीका कारण ६ जनाको मृत्यु भएको छ । तापक्रम बढेका बेला चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
चार जनाको पूर्वी राज्य मेरील्याण्ड, एकको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको अर्कान्सासमा मृत्यु भएको हो । फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका गर्मीकै कारण मृत्यु भएको थियो । बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र अब केही दिनमा ४२ डिग्री सेल्सियससम्म पुग्न त्यहाको मौसम विभागले चेतावनी दिएको छ ।
अत्यधिक गर्मीका कारण ति राज्यका अधिकांश प्राथमिक विद्यालय बन्द गरिएका छन् भने, न्यूयोर्कमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
प्रकाशित समय १६:३४ बजे

















