गृहपृष्ठ आइतबार पनि सेयर बजारमा देखिएन उत्साह
आइतबार पनि सेयर बजारमा देखिएन उत्साह
साताको सुरुकै दिन सेयर बजार ओरालो लागेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ३.७५ अंकले घटेर १२८६.७५ अंकमा बन्द भएको हो ।
कारोबारमा आएका दुई समूह वित्त र अन्य उपसमूह बाहेक सबैको परिसूचक घटेका छन् । कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था र मल्टिप्रपोज फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सूचक घटेसँगै कारोबार रकम २९ करोड ८१ लाख ५७ हजार ११६ रुपैयाँमा खुम्चिएको छ ।
अघिल्लो सातको अन्तिम दिन बिहीबार पनि सेयरबजार २.३७ अंकले घट्दा ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ रुपैयाँको कारोबार भएको थियो ।
प्रकाशित समय १६:५३ बजे
















