गृहपृष्ठ बेलायती तेल ट्यांकरका चालक दलका सदस्य सुरक्षित : इरान

बेलायती तेल ट्यांकरका चालक दलका सदस्य सुरक्षित : इरान

इरानले आफ्नो कब्जामा रहेको बेलायती तेल ट्यांकरका चालक दलका सबै सदस्यहरू सुरक्षित र स्वस्थ रहेको जनाएको छ ।

तेल ट्यांकर ‘स्टेना इम्पेरो’मा भएका २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक संगठनका प्रमुखले बताएको इरानी टेलिभिजनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो ट्यांकरमा २३ जना चालक दलका सदस्य रहेका छन् । उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको बताइएको छ ।

बन्दर अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्यांकरमा रहेका १८ जना आफ्ना नागरिक रहेको नयाँ दिल्लीले स्पष्ट पारिसकेको छ । बेलायती ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिनुका साथै अन्तर्राष्ट्रिय सामुद्रिक नियम उल्लंघन गरेको इरानको आरोप छ ।

इरानी सामुद्रिक इलाका हर्मुजको घाँटीबाट इरानी रिभोलुसनरी गार्डका सिपाहीले बेलायती तेल ट्यांकरलाई नियन्त्रणमा लिएका थिए ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु