गृहपृष्ठ राजपा संयोजकमा राजकिशोर यादव

राजपा संयोजकमा राजकिशोर यादव

राष्ट्रिय जनता पार्टी (राजपा)को संयोजकको जिम्मेवारी राजकिशोर यादवले पाएका छन् ।

पार्टी बैठकले संयोजकको भूमिका यादवलाई दिने निर्णय गरेको हो । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् । यसअघि राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारीले संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यादवको कार्यकालपछि राजपाको नेतृत्व फेरि महन्थ ठाकुरले गर्नेछन् ।

राजापमा चक्रिय प्रणलीअनुसार दुई–दुई महिनामा संयोजक फेरिन्छन् ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु