गृहपृष्ठ होन्डुरसमा फुटबल समर्थकबीच रंगशालामै झडप, तीन जनाको मृत्यु
होन्डुरसमा फुटबल समर्थकबीच रंगशालामै झडप, तीन जनाको मृत्यु
होन्डुरसको राजधानी टिगुसिगाल्पामा फुटबल खेलअघि समर्थकबीच झडप हुँदा ३ जनाको मृत्यु भएको छ ।
शनिबार मोटागुवा र ओलिम्पियाबीचको खेल सुरु हुनुभन्दा अघि समर्थहरुबीच झडप भएको हो । घटनामा १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । मोटागुवाका खेलाडी चढेको बसमा ओलिम्पियाका समर्थकले सुरुमा ढुंगा प्रहार गरेका थिए । ढुंगा लागेर ३ जना खेलाडीसमेत घाइते भएको बताइएको छ । बसका सिसा फुटेका छन् । त्यसपछि घटनाले उग्ररुप लिएको थियो ।
झडप सुरु भएपछि खेल रद्द गरिएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रकाशित समय १६:४८ बजे

















