गृहपृष्ठ ‘नाडा अटो शो’ भदौ १० देखि

‘नाडा अटो शो’ भदौ १० देखि

nada-newskarobar

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ‘१४औँ अटो शो’ भदौ १० गतेदेखि सुरु हुने भएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नाडाले १० देखि १५ भदौसम्म अटो शो सञ्चालन हुने जानकारी दिएको हो । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ९५ कम्पनीका १ सय ६० वटा कक्ष राखिने भएको छ । प्रदर्शनीमा १३ वटा बैंक तथा इन्स्योरेन्स, २३ ब्राण्डका चार पाङ्ग्रे सवारी साधन, १९ ब्राण्डका दुई पाङ्ग्रे, १२ ब्राण्डका लुब्रिकेन्ट, ९ ब्राण्डका टायर, ५ ब्राण्डका ब्याट्रि, १४ ब्राण्डका पाटपूर्जा एवं ग्यारेज उपकरण कम्पनीका स्टल रहनेछन् ।

विगतका वर्षको तुलनामा अवलोकन सहज बनाउन ओभरब्रिजकोको व्यवस्था गरिने आयोजकले जनाएको छ । पहिलो पटक बैंक तथा इन्स्योरेन्स कम्पनीको पनि सहभागिता रहने बताइएको छ ।

मेलामा भाग्यशाली एक अवलोकनकर्ताले लक्की ड्र मार्फत जीपीएक्स जेन्टलमेन २०० सीसीको मोटरसाइकल पाउनेछन् । जसको प्रायोजन ओमेगा अटोमोबाइल्सले गर्नेछ । १९९८ सालबाट नेपालभर सबै ब्रान्डका गाडी पुर्याउने लक्ष्यले अटो शो सुरु भएको थियो । ७५ हजार जनाले मेला अवलोकन गर्ने विश्वास लिएको संयोजक निराकार श्रेष्ठले बताए ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु