गृहपृष्ठ नयाँ दिल्लीका १० ठाउँमा आतंकवादी हमलाको चेतावनी
नयाँ दिल्लीका १० ठाउँमा आतंकवादी हमलाको चेतावनी
भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।
उनीहरुले राजधानी नयाँ दिल्लीका ९ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिएको प्रहरी अधिकारीहरुको भनाइ छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ । (एजेन्सी)
प्रकाशित समय ०७:०१ बजे

















