गृहपृष्ठ अस्ट्रेलियामा गायक बानियाँले ल्याए बालगीतको म्युजिक भिडियो
अस्ट्रेलियामा गायक बानियाँले ल्याए बालगीतको म्युजिक भिडियो
अस्ट्रेलियामा रहेका नेपाली गायक रमेश बानियाँले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बानियाँले ‘हाम्म पापा’ नामको म्युजिक भिडियो बुधबार सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा गायक बानियाँकै रचना संगीत र आवाज छ । यो बालगीत संग्रहको म्युजिक भिडियो सिड्नीको रेस्ट रियल इस्टेटले प्रवर्धन गरेको छ ।
म्युजिक भिडियोमा नेपाली बालबालिकालाई चाडबाडप्रति सानैदेखि रुचि जगाउने र रोमाञ्चित गर्ने गीत छन् । प्रवासमा हुर्किंदै गरेका नेपाली बालबालिकालाई मातृभाषाप्रति लगाव बढाउने उद्देश्यले म्युजिक भिडियो तयार पारेको गीतकार बानियाँ बताएका छन् ।
म्युजिक भिडियोमा सिड्नीमा रहेका कलाकार विराज थापा र निलु मालाकार बाबा-आमाको भूमिकामा छन् भने तीन छोरीको भूमिकामा बाल कलाकार दिप्सी भट्ट, बिहानी बानियाँ र भरोसा बानियाँ छन् ।
प्रकाशित समय ०७:१६ बजे

















