गृहपृष्ठ अल्वानिया भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो
अल्वानिया भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो
अल्बानियामा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ ।
रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पका कारण मृत्यु हुने नागरिकको संख्या १३ पुगेको छ ।’ तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन । बाल्कन राज्यमा विगत केही दशक यता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ ।
पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयबासीले बताएका छन् ।
भूकम्पका कारण सयौँ करिब ५ सय व्यक्ति घाइते भएका र ठूलो संख्या घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन । (एजेन्सी)
प्रकाशित समय ०९:२८ बजे

















