गृहपृष्ठ लियोनार्डो डी क्याप्रियोले अमेजनमा आगो लगाउन रकम दिए : ब्राजिल राष्ट्रपति
लियोनार्डो डी क्याप्रियोले अमेजनमा आगो लगाउन रकम दिए : ब्राजिल राष्ट्रपति
अमेजनको जंगलमा भएको आगलागीका विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अनौठो र निम्नस्तरको प्रतिक्रिया दिएका छन् । अमेजन बर्सा जंगलमा आगो लाग्नुको कारणमा बोलसोनारोले आगो लाग्नुमा हलिउड स्टार लियोनार्डो डी क्याप्रियो जिम्मेवार भएको उनले बताए । उनले बिनाप्रमाण डी क्याप्रियोलाई यस्तो अरोप लगाएका हुन् । बोलसोनारोले आगो लगाउन डी क्याप्रियो रमा दिएको बताए ।
बोलसोनारोले सामाजिक सञ्चारमा टिप्पणी गर्दै पर्यावरण संगठन विश्व वन्यजीव कोष (डब्लुडब्लुएफ) ले भोलेन्टियर फायर फाइटर्सले खिचेका तस्बिरका लागि रकम दिएको कुरालाई अन्यत्र मोडे । संगठनले भने यस कुरालाई स्वीकार गरेको छैन ।
राष्ट्रपति आवास अगाडि बोलसोनारोले भने, ‘अमेजनमा आगो लगाउन पैसा दिने डी क्याप्रियो असल मान्छे हुन् त ?’ समाचार एजेन्सी रोयटर्सका अनुसार डी क्याप्रियोका तर्फबाट यसबारे कुनै टिप्पणी गरिएको छैन ।
यसअघि पनि बोलसोनारोले जंगलमा आगलागीका सम्बन्धमा भिन्दाभिन्दै समूहहरूलाई जिम्मेवार ठहराएका थिए । बोलसोनारोसँग प्रमाणबारे जिज्ञासा राख्दा कुनै लिखित प्रमाण नभएको बताए ।
बोलसोनारोले बिहीबार प्रत्यक्ष प्रसारणका क्रममा डी क्याप्रियोबारे बोलेका थिए । राष्ट्रपतिले डब्लुडब्लुएफले अमेजनको जंगलमा आगलागीको तस्बिर खिच्न दमकल एनजिओलाई भुक्तानी गरेको बताए ।
राष्ट्रपतिले भने, ‘एनजिओले के गर्यो ? सबैभन्दा सजिलो काम के हो ? जंगलमा आगो लगाएर तस्बिर खिच्ने अनि भिडियो बनाउने ? डब्लुडब्लुएफ ब्राजिलविरूदध अभियान बनाउँछ, उसले ५ लाख डलर दान दिने डी क्याप्रियोसँग सम्पर्क गर्छ । दानको एक भाग आगो लगाउने मानिससम्म पुग्छ । डी क्याप्रियो, तपाईं अमेजनमा आगो लगाउन योगदान गर्दै हुनुहुन्छ, यसो गर्न पाइन्न ।’
प्रकाशित समय १६:०३ बजे

















