गृहपृष्ठ कट्टुभित्र गोजी बनाएर ब्राउन सुगर ओसारपसार, १ जना पक्राउ

कट्टुभित्र गोजी बनाएर ब्राउन सुगर ओसारपसार, १ जना पक्राउ

सुर्खेतमा लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । बर्दिया मधुवन नगरपालिका– ६, शान्तिपुरका ३४ वर्षीय दिनेश थापालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका थापाको साथबाट ३१ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी रबी रावलले जानकारी दिए । प्रहरीले ८४ हजार ८ सय २० रुपैयाँ नगदसमेत थापाको साथबाट बरामद गरेको छ ।

डीएसपी रावलका अनुसार वीरेन्द्रनगर– ११ मा रहेको सुब्बाकुना चेकपोष्टमा जाँच गर्दा थापाले लगाएको कट्टुभित्र गोजी बनाएर लुकाएको अवस्थामा प्रहरीले उक्त सामग्री फेला पारेको हो । प्रहरीले थापा सवार भे. ५ प. ४७७१ नम्बरको स्कुटर नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु