गृहपृष्ठ ट्युनिसियामा मृत्यु हुने पर्यटकको संख्या २६ पुग्यो, १७ घाइते

ट्युनिसियामा मृत्यु हुने पर्यटकको संख्या २६ पुग्यो, १७ घाइते

tunisia accident

ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । देशको उत्तरी क्षेत्रमा आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबारसम्म बढेर २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अरु १७ जना घाइते पनि भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए ।

प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ । देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

देशका राष्ट्रपति कैस सैद र बाहिरिँदै गरेका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका थिए । दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ । सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १०० नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु