गृहपृष्ठ अमेरिकी नेवल सिपयार्डमा गोली चल्यो, धन्न बचे भारतीय वायुसेना प्रमुख
अमेरिकी नेवल सिपयार्डमा गोली चल्यो, धन्न बचे भारतीय वायुसेना प्रमुख
अमेरिकी नौसेना र वायु सेनाको संयुक्त बेस पर्ल हार्बर हिकममा बिहीबार सबेरै एक्कासि सुरू भएको गोलीबारीका क्रममा भारतीय वायुसेना प्रमुख आरकेएस भदौरिया मुस्किलले बाँचे । घटनाका समयमा भारतीय वायुसेना प्रमुख आफ्नो टिमसँग त्यसै स्थानमा बसेका थिए । सिपयार्डमा तैनाथ एक गनम्यानले अचानक नै गोली चलाएको बताइएको छ ।
यो घटनामा कम्तीमा तीन जना घाइते भएका मध्ये दुई जना गम्भीर रहेको बताइएको छ । गोली चलाउने गनम्यानले आफैंलाई पनि गोली हानेर आत्महत्या गरेको छ । घटनापछि पूरै इलाका घेरेर राखिएको छ ।
भारतीय वायु सेनाले एयर चिफ मार्सल राकेशकुमार सिंह भदौरिया सुरक्षित रहेको जनाएको छ । वायुसेना प्रमुख भदौरिया हिन्द प्रशान्त क्षेत्रमा परिवर्तित सुरक्षा परिदृश्यमा छलफल गर्न विभिन्न वायुसेना फोर्सहरूका प्रमुखहरूको सम्मेलनमा भाग लिन हवाई स्थित अमेरिकी बेसमा छन् ।
भारतीय वायुसेनाका प्रवक्ताले वायुसेना प्रमुख र उनको समूह सुरक्षित रहेको बताएका छन् । अर्का एक अधिकारीले पनि वायुसेना प्रमुख पर्ल हार्बरमा अमेरिकी वायुसेना बेसमा बसेका छन् । गोली नौसेनाकै बेसमा भएको थियो ।
अमरउजालाका अनुसार पर्ल हार्बर बेस ओहु समुद्र तटको दक्षिणी किनारामा छ । यहाँ वायु सेना र नौसेना दुवैका सैन्य बेस छन् । पर्ल हार्बर या ‘पर्ल बन्दरगाह’ हवाई द्वीप में हानलुलुबाट दस किमि उत्तर-पश्चिम, अमेरिका का प्रसिद्ध बन्दरगाह एवं नौसैनिक बेस हो । यस बन्दरगाहको २० वर्गकिलोमिटर क्षेत्रमा सयौं जहाज रोकिने स्थान हो ।
हिजोआज अमेरिकाका वासिङटन डिसी, टेक्सास, ओहियो र फ्लोरिडासहित कयौं ठाउँमा गोली चलेका घटनाहरू छन् । ती घटनाबाट कयौं मानिस मारिएका पनि छन् । जापानी नौसेनाले ८ डिसेम्बर १९४९ मा अमेरिकी नौसैनिक बेस पर्ल हार्बरमा एक्कासि हमला गरेको थियो । यसैका कारण अमेरिका पनि दोस्रो विश्वयुद्धमा होमिएको थियो ।
प्रकाशित समय १२:०६ बजे

















