गृहपृष्ठ शुक्रबार सुरु हुने कुस्तीको तयारी पुरा, खेलाडीहरु जनकपुर आइपुगे

शुक्रबार सुरु हुने कुस्तीको तयारी पुरा, खेलाडीहरु जनकपुर आइपुगे

dhanusha khelkud bikas samiti

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जनकपुरमा आयोजना हुने कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कभर्ड हलको मर्मतसम्भारदेखि खेलाडीहरुको बासस्थान लगायतको तयारी पुरा भएको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए ।

उनका अनुसार खेलमा सहभागी हुने सबै खेलाडीहरु बुधबार नै जनकपुर आइसकेका छन् । शुक्रबारदेखि चार दिनसम्म चल्ने कुस्तीमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

यसमध्ये पाकिस्तानबाहेक चारवटै देशका महिला कुस्तीवाजहरुले पनि सागमा भाग लिएका छन् । कुस्तीमा माल्दिभ्स र भुटानले भाग लिएका छैनन् । जनकपुरमा ठाउँ नपुगेपछि खेलाडीहरुलाई बर्दिबासमा पनि राखिएको आयोजकले जनाएको छ ।

कुस्तीका लागि तयार कभर्ड हल ।

कुस्तीका सम्पूर्ण खेलहरु जनकपुरस्थित कभर्डहलमा हुनेछ । हलभित्र सीमित दर्शकमात्र अटाउने भएकाले कबर्डहलबाहिर र जानकी मन्दिर परिसरमा ठूलो पर्दा लगाएर प्रत्यक्ष प्रसारणको व्यवस्था आयोजकले मिलाएको छ ।

कुस्तीमा भाग लिने नेपाली खेलाडीहरु

नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् । चुनारा महेन्द्रनगरका हुन् भने बाँकी खेलाडी प्रदेश २ का हुन् ।

महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्रीको नाम सिफारिस भएको छ ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु