गृहपृष्ठ समुद्री लुटेराद्वारा हङकङको पानीजहाज अपहरण

समुद्री लुटेराद्वारा हङकङको पानीजहाज अपहरण

सोमालिया नजिक अदनको खाडीबाट १८ भारतीयसहित २२ यात्री भएको एक पानीजहाज समुद्री लुटेराहरूले बन्धक बनाएका छन् । न्युज एटिनका अनुसार पूर्वी अफ्रीकाका संयोजक एन्ड्रयु मांग्‍वराले रसायनले भरिएको माउन्ट स्‍टोल्‍ट वेलर नामक हङकङको यो पानीजहाज सोमबार अपहरणमा परेको बताए । जहाजमा भारतीयबाहेक दुई फिलिपिनी, एक बंगलादेशी र एक रूसी नागरिक सवार रहेको बताइन्छ । समाचारअनुसार जहाज यमन तटबन्धबाट ३८ नटिकल माइल टाढा अपहरणमा परेको थियो ।

रिपोर्टअनुसार जहाज नाइजेरिया नेवीनेर सुरक्षित रहे पनि जहाजमा सवार मानिसबारे कुनै जानकारी प्राप्त भएको छैन । बन्धककहरूलाई मुक्त गर्न अफ्रिकी देशहरूको सहयोग मागेको बताइएको छ ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु