गृहपृष्ठ सोमालियामा कार बम विस्फोट : ६१ जनाको मृत्यु

सोमालियामा कार बम विस्फोट : ६१ जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ६१ जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ,’ आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले समाचार संस्था रोयटर्सलाई भने ।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब समूहले गर्ने गरेको थियो ।

अल–कायदासँग सम्बन्धित अलशबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ । (एजेन्सी)

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु