गृहपृष्ठ जापानमा १३५ जनामा भेटियो कोरोना
जापानमा १३५ जनामा भेटियो कोरोना
जापानमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पानीजहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
यससँगै जापानमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुले बताएका छन् । शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित व्यक्ति कुन देशका नागरिक हुन भन्ने खुलाइएको छैन । यद्यपि अस्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकमा पनि कोरोना भेटिएको बुझिएको छ ।
प्रकाशित समय २१:१३ बजे

















