गृहपृष्ठ अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी
अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उनले बताए ।
विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ । नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीले बताए । विद्युत् सट भएर आगलागी भएको बताइएको छ । (रासस)
प्रकाशित समय २१:१९ बजे

















