गृहपृष्ठ दिल्लीमा केजरीवालको ह्याट्रिक, तेस्रो पटक मुख्यमन्त्रीको सपथ

दिल्लीमा केजरीवालको ह्याट्रिक, तेस्रो पटक मुख्यमन्त्रीको सपथ

दिल्लीको ऐतिहासिक रामलीला मैदानमा आम आदमी पार्टीका विधायक तथा दलका नेता अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन् । दिल्लीका उपराज्यपाल अनिल बैजलले विधायक केजरीवाललाई आइतबार मुख्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

सपथ ग्रहण समारोहमा दिल्लीका उच्च पदस्थ व्यक्तिहरूसँगै ठूलो संख्यामा आम आदमी पार्टीका नेता, कार्यकर्ता र आम नागरिकको बाक्लो उपस्थिति थियो । विधानसभा चुनावमा विजयी आम आदमी पार्टीले दिल्लीमा तेस्रोपटक सरकार गठन गरेको छ ।

केजरीवाल तेस्रोपटक राज्यका मुख्यमन्त्री बनेका छन् । सन् २०१३ मा केजरीवाल पहिलोपटक मुख्यमन्त्री बनेका थिए । सन् २०१५ मा उनी दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए ।

केही दिनअघि सम्पन्न विधानसभा चुनावमा आम आदमीले दिल्लीका ७० सिटमध्ये ६२ स्थानमा जित हासिल गरेको थियो । सन् २०१५ मा उक्त पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु