गृहपृष्ठ सुनको मूल्य फेरि नयाँ उचाइमा

सुनको मूल्य फेरि नयाँ उचाइमा

gold_sun

सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । यसअघि उच्चतम मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मूल्य आज फेरि त्यही मूल्यमा पुगेको छ । सुन एकै दिनमा तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले  जनाएको छ ।

महासंघका अनुसार अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको सुनको मूल्य बढेर उचाइमा पुगेको हो ।

शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुन आज (आइतबार) ७६ हजार ५ सया रुपैयाँमा किनबेच भइरहेको छ । निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य फेरी त्यही मूल्यमा पुगेको हो ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी पनि  ५ रूपैयाँले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु