गृहपृष्ठ पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० जनाको ज्यान गयो
पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० जनाको ज्यान गयो
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किदा ३० जनाको ज्यान गएको छ ।
पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा शुक्रबार अबेर अबेर राति दुर्घटना हुँदा ३० जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनामा १५ जनाको घटनास्थलमै र १५ जनाको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै भएको बताइएको छ ।
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्र नजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिँदा ठूलो दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । (एजेन्सी)
प्रकाशित समय १६:२५ बजे

















