गृहपृष्ठ विदेशमा भ्रमण वर्षको प्रचारप्रसार स्थगित गर्ने निर्णय

विदेशमा भ्रमण वर्षको प्रचारप्रसार स्थगित गर्ने निर्णय

सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि विदेशमा हुने प्रचारात्मक कार्यक्रमहरू हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसले विश्वका धेरै देश प्रभावित भइरहेको बेला नेपाल सरकारले यस्तो निर्णय लिएको हो ।

कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर पुग्ने भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका कार्यहरू  स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काममा मात्र सरकार केन्द्रित भएको जानकारी दिए ।

काेराेनाबाट विश्वबजार नै प्रभावित बन्दै गएको सन्दर्भमा प्राप्त  सुझावहरुलाई ध्यान दिँदै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उनले बताए ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु