गृहपृष्ठ कोरोनाको कहर : इटालीमा एकैदिन २५० जनाको मृत्यु
कोरोनाको कहर : इटालीमा एकैदिन २५० जनाको मृत्यु
विश्वभर फैलिएको नोबेल कोरोना (कोभिड १९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । चीनको बुहानबाट विश्वमा फैलिएको भाइरसले बृहत रुप लिँदै १४५ देशमा प्रवेश गरेको छ ।
चीनले भने भाइरससँग जितको नजिक पुगेको बताएको छ । केही दिन यता चीनमा ज्यान गुमाउनको संख्या घट्दै गएको त्यहाँका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म ३ हजार १८९ जनाले ज्यान गुमाए पनि केही दिनयता भने चिनियाँ विरामीलाई डिस्चार्ज गरेपछि खाली गरेपछि अस्पतालहरु बन्द गरिएका छन् ।
चीनपछि बढी प्रकोप फैलिएको देशको रुपमा इटाली छ । इटालीमा चीनको भन्दा तीव्र रुपले प्रकोप फैलिएको अधिकारीहरुले जनाएका छन् । इटालीमा शुक्रबार मात्रै २५० जनाले ज्यान गुमाए । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार २६६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १७ हजार ६६० पुगेको वर्ल्ड म्याटरको तथ्यांकले देखाएको छ । सो तथ्यांकअनुसार शुक्रबार मात्रै इटालीमा दुई हजार ५४७ जना नयाँ संक्रमित फेला परेका छन् ।
त्यस्तै इरानमा पनि कोरोना भाइरसले निकै ठूलो प्रकोप लिएको छ । शनिवार बिहानसम्म इरानमा ५१४ जनाको ज्यान गएको छ भने ११ हजार ३६४ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै इरानमा ८५ जनाको ज्यान गएको छ । त्यस्तै एक हजार २८९ जनामा नयाँ संक्रमण देखिएको छ ।
प्रकाशित समय १०:२० बजे

















