गृहपृष्ठ भाइरसका कारण एकैदिन ६ हजारको मृत्यु, ८३ हजारमा नयाँ संक्रमण (सूचीसहित)

भाइरसका कारण एकैदिन ६ हजारको मृत्यु, ८३ हजारमा नयाँ संक्रमण (सूचीसहित)

विश्वभर १० लाख ९८ हजार संक्रमित, ५९ हजारको ज्यान गयो

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार १४० जनाको मृत्यु भएको छ । विश्वभर एकैदिन मात्रै पाँच हजार ९७२ जनाको ज्यान गएको छ भने ८२ हजार ७४५ जनामा नयाँ संक्रमण देखा परेको छ ।

सबैभन्दा बढी अमेरिकामा दुई लाख ७६ हजार ९६५ जनामा संक्रमण देखिएको छ भने सात हजार ३९१ जनाको मृत्यु भएको छ । अमेरिकामा एकै दिन मात्रै एक हजार ३२० जनाको ज्यान गएको छ भने ३२ हजार ८८ जनामा नयाँ संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या भने सबै देशको भन्दा बढी देखिएको हालसम्म इटालीमा १४ हजार ६ सय ८१ जनाको ज्यान गएको छ । त्यस्तै एक लाख १९ हजार ८२७ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा पनि ११ हजार १९८ जनाको ज्यान गएको छ भने एक लाख १९ हजार १९९ जनामा संक्रमण देखिएको छ ।

छिल्लो केही दिनयता तीव्र रुपमा फैलिदै आएको भाइरसका कारण फ्रान्समा पनि धेरै मानवीय क्षति व्यहोर्दै आएको छ । एकैदिन फ्रान्समा एक हजार १२० जनाको ज्यान गएको छ । त्यहाँ हालसम्म ६ हजार ५०७ जनाको ज्यान गएको छ भने ६४ हजार ३३८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित समय ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु